संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट खाँदबारी आउँदै गरेको मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ। ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ।

खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्‍कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। आमासँग बजार नजिकै रहेको शिवालय मन्दिरबाट पूजा गरेर फर्कने क्रममा दुर्घटना भएको हो। दुर्घटना पछि चालक धर्मदेवी-३ का प्रेम मगर आफै गाडी लिएर मुढे प्रहरी चौकी पुगेका छन्।

इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोल पुगेपछि मात्र शव पोष्टमार्टका लागि लगिने प्रहरीले जनाएको छ।

अन्नपूर्ण पोष्ट