१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७६, मंगलवार २०:०८

लण्डन । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ। ६७ वर्षीय स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।

स्वराजले ४ घण्टा पहिला मात्रै ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई बधाई दिँदै जीवनमा यही दिन हेर्ने प्रतिक्षामा रहेको प्रतिक्रिया दिएकी थिइन्। उनको ट्वीट भारत सरकारले जम्मू कश्मिरलाई दिइएको विशेष दर्जा खारेज गरेको तर्फ केन्द्रित रहेको थियो।

केही वर्ष अघि किड्नी प्रत्यारोपन गराए पछि स्वराज मन्त्रालयको काममा सहभागी हुने काम कम हुँदै गएको थियो। यद्यपि उनले नरेन्द्र मोदीको सरकारमा रहेर विदेश मन्त्रालयमा रहेर छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्न सफल रहिन्। भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ समेत रहेकी स्वराजले स्वास्थ्यमा समस्याका कारण नै यसपटकको लोकसभामा उम्मेदवारी नदिने घोषणा गरेकी थिइन्।