१३ बैशाख २०८१, बिहीबार
Follow Us

युरोप क्षेत्रीय बैठकमा एनआरएन युकेको प्रभावकारी उपस्थिती

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७६, मंगलवार २१:०६

लण्डन । आइतवार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकमा युकेबाट गएका प्रतिनिधीहरुले प्रभावकारी उपस्थिती देखाएका छन् ।

रोममा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघ (युके) को उल्लेख्य सहभागीता सहित जोडदार प्रस्तुती रहेको आइसीसी सदस्य रामशरण सिमखडाले जनाए ।
युकेबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीहरुले नागरिकताको निरन्तरता, लगानी लगायतको छलफलमा दरिलो उपस्थिती जनाए ।

दोहोरो नागरिकताको कार्यक्रम मोडिरेटर सल्लाहकार डा. हेमराज शर्माले गरेका थिए । सोही प्यानलिष्टमा उपाध्यक्ष कुल आचार्य थिए। लगानी सम्वन्धी शेसनमा मोहन गुरुङ, एलएन पाण्डे लगायतले बोलेका थिए ।एनसीसी रिपोर्टिंङ सेशनको संचालन रामशरण सिमखडाले गरे ।

सो अवसरमा एनआरएन युकेका उपाध्यक्ष ललित न्यौपाने रिपोर्टिंग प्रस्तुती गरेका थिए । यस्तै युरोप महिला संयोजक संगिता मरहठ्ठाले महिला फोरम सेशनको अध्यक्षता गरेकी थिइन् ।

त्यस्तै पत्रकार सम्मेलनको अध्यक्षता गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले गरेका थिए । बैठकमा नेपाल पत्रकार महासंघ युकेको प्रतिनिधीत्व उपमहासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।

बैठकमा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएन युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, पत्रकार भगिरथ योगी, गैरआवासीय नेपाली संघका सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिती थियो । कृतिका आचार्यले उद्धघाटनसत्रमा नृत्य प्रस्तुत गरेकी थिइन् ।