१२ बैशाख २०८१, बुधबार
Follow Us

दिपक ओलीले एनआरएनएको सचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७६, मंगलवार २१:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा दिपक प्रसाद ओलीले सचिबमा मेरो उम्मेदवारी दिने भएका छन् ।
दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने मूल नारासहित उनले सचिब पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

इजरायमा बस्दै आएका ओलीले उम्मेदवारी घोषणा गर्दै आफ्ना प्रतिबद्धता सार्वजनीक गरेका छन् ।

एनआरएन अभियानमा लामो समयदेखि सक्रिय ओली एनआरएन इजरायलको पूर्व अध्यक्ष समेत हुन् ।

ओलीले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने प्रतिवद्दता जनाएका छन् ।