१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७६, मंगलवार २१:५८

लण्डन । बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ ।

एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताउनुभएकोे हो ।

“हामीले बैंकलाई पुन: संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताउनुभयो ।

उहाँले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताउनुभयो । बेलायतले यूरोपेली यूनियन (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ ।