१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन इटलीद्धारा धन्यवाद ज्ञापन

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७६, मंगलवार २३:०२

रोम । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक सफल पार्न सहयोग गर्ने सम्वन्धीत सबैलाई एनआरएन इटलीले धन्यवाद ज्ञापन गरेको छ ।

तीन दिन सम्म चलेको बैठकको बैठकलाई भव्य रुपमा सफल पार्न इटलीस्थित नेपाली समुदायले उल्लेख्य भूमिका खेलेको एनआरएन इटलिका महासचिव छविलाल कंडेलले जनाए ।
२५ भन्दा बढि देशमा आएका गैरआवासीय नेपालीहरुको स्वागतको लागि स्थानिय रोम समाजका अध्यक्ष हरि भक्त काराखेती, उपाध्यक्ष भावा मल्ल, कन्सिुलर पवल नुगरी, इन्स इटलि लगायतले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने पत्रकार, कलाकार, प्राविधीक, स्थानिय संघसँस्था, स्पोन्सरदाता लगायतलाई गैरआवासीय नेपाली संघ इटलीले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।