८ बैशाख २०८१, शनिबार
Follow Us

बागलुङमा बेवारिसे शव फेला

sarusaru
२२ श्रावण २०७६, बुधबार ०२:५४

बागलुङ   – बागलुङमा सोमबार एक बेवारिसे शव फेला परेको छ । बागलुङ नगरपालिका वडा नं.१ रामरेखा स्थित कालिका भगवती मन्दिरको परिसर भित्र रहेको प्रतिक्षालयमा अनदाजी ४०/४५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विहानको समयमा मन्दिरमा पूजाआज गर्न आउने भक्तजनहरुले लास देखे पछि प्रहरीलाई खवर गरेका थिए । शव धौलागिरी अञ्चल अस्पातालको शव गृहमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जनमञ्च