गैर आवासीय नेपाली संघको १२ औं युरोपेली बैठकको दोस्रो दिन पहिलो सत्रमा गैर आवासीय नेपालीहरुको लगानी सम्बन्धमा छलफल भयो । उक्त सत्रमा गैर आवासीय नेपालीहरुले नेपालमा लगानी र नेपालका उत्पादन अन्य देशमा निर्यात गर्दाका समस्याहरुका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफूले धेरै देशमा लगानी गरेको बताउनुभयो । उहाँले नेपालमा लगानी गर्दा धेरै समस्याबारे चर्चा हुने गरेको भन्दै यस्ता समस्या र झञ्झट धेरै देशहरुमा रहेको बताउनुभयो । संसारमा जहाँसुकै पनि समस्या छ । नेपाल सरकारले लगानीको वातावरणमा सुधारका लागि प्रयास गरिरहेको छ । उहाँले गैर आवासीय नेपालीहरुले ज्ञान, सीप, पुँजी र प्रविधि लगानीमार्फत् मुलुकको विकासमा योगदान गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो ।

कुमार पन्त, उपाध्यक्ष, गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीको १०० मिलियनको फण्डबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले गैर आवासीय नागरिकहरुको लगानीले इजरायल, आयरल्याण्ड, अर्मेनिया, चीन, भारत आदी देशको रुपान्तणको चर्चा गर्दै नेपालले पनि यो अवसरको सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक स्थायित्वसँगै नेपालमा लगानीको वातावरण बनेको चर्चा गर्दै ८० देशमा सञ्जाल रहेको नेपाली डायस्पोराले विशेष उल्लेख्य भूमिका खेल्न सक्ने बताउनुभयो । लगानीका लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गर्न सकिने उहाँको भनाई थियो । गैर आवासीय नेपाली संघले संयुक्त लगानी कोषलाई अघि बढाउन लागेको छ । स–सानो लगानीको हकमा प्रतिफल पाउन लामो समय लाग्छ । यस्तो लगानीमा धेरैको स्रोत साधन एकीकृत गरेर ठूलो पुँजी कोष कार्यान्वयनमा ल्याउन जरुरी छ । अरु परियोजनामा पनि सेयरमार्फत् लगानीगर्न सक्नेछ । लामो समयको ऋण दिन सक्नेछ । मूलभूत र सरकारका प्राथमिकतामा लगानी गर्छ । भेञ्चर क्यापिटलको रुपमा सहकार्य गर्ने । निश्चित प्रतिशतभन्दा बढी प्रतिफल दिने परियोजनामा मात्र लगानी गर्ने । सहवित्तियकरण र अन्य कम्पनीसँग मिलेर पनि काम गर्न ुसकिने । कोषले सेयर बिक्री गरेर नयाँ परियोजनामा पनि लगानी गर्न सक्ने । कोषलाई स्पेशल पर्पोस भेहिकलका रुपमा दर्ता गरिने । सीमित वित्तिय कारोबार गर्न सक्ने । प्रस्तावित पुँजी संरचनामा १० अर्ब रुपैयाँका लागि सरकारसँग सम्झौता पनि भैसकेको छ । गैर आवासीय नेपाली पाँच प्रतिशत, नेपाल सरकार ५ प्रतिशत र निजी क्षेत्र ५ र बाँकी सेयर लगानी गर्ने । वैदेशिक रोजगारीमा रहेकाहरुको बचतपत्रबाट उठाइनेछ । नेपालको निजी क्षेत्रसँग सहकार्य । कम्पनीको व्यवासायिक सञ्चालनका लागि नियमावली बनिसकेको छ ।

डा. बद्री केसी, महासचिव, गैर आवासीय नेपाली संघ

नेपालमा जलविद्युत्को सम्भाव्यताको को १ प्रतिशत पनि उत्पादन भएको छैन । जलविद्युत्मा सुरक्षित र नवीकरणीय उर्जाको स्रोत भनेको जलविद्युत् हो । उहाँले म्याग्दीको ठूलो खोला जलविद्युत् आयोजनामा जापानबाट १० करोडको लगानी प्रतिवद्धता पाएको छ । ठूलो खोला जलविद्युत् परियोजनाको लागत एक अरब ८ करोड रुपैयाँ रहेको छ । यसमा न्यूनतम २० लाख र अधिकतम ५ करोड लगानीका लागि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, उर्जा क्षेत्रमा काम गर्नुभएको मोहन गुरुङको प्रस्तुतीकरण गर्दै उर्जा र पर्यटनमा अर्थाह सम्भावना रहेको चर्चा गर्नुभयो ।
उक्त सत्रमा अष्टे«लियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारी र मध्यपूर्वबाट आरके शर्माले नेपाल र बाह्य देशहरुमा लगानी गर्दाका अनुभव प्रस्तुत गर्नुभयो ।

रविन्द्रकुमार श्रेष्ठ, बेल्जियम
गैर आवासीय नेपालीको बाक्लो बस्ती २००६ सम्म भइसकेको थियो । नेपालीहरुले आफन्त भेट्न आउँदा चाउचाउ लगायत अन्य उत्पादनहरु लिएर आउँथे । नेपाल र इयुबीचको इबीए सम्झौताले नेपालबाट जुनसुकै सामान लिएर आउन पाइन्छ । तर ईयुले खानेकुरामा अलिक बढी नियन्त्रण गरेको छ । केही कुरा बेच्न पनि समस्या छ । बेच्ने वस्तुमा उनीहरुको भाषाको लेबल हुनुपर्छ । उनीहरुको निश्चित गुणस्तर र मापदण्ड पूरा गर्नुपर्छ । २७ देशको २७ लेबल लगाउनुपर्छ । तर हामीले ब्राण्ड बनाउन सक्यौं भने युरोपको सिंगो बजार उपलब्ध छ । चौधरी ग्रुपले त सर्भिया उद्योग नै खोल्यो । यो त ठूलो अवसर हो । युरोपमा ५०० भन्दा बढी नेपाली रेष्टुराँहरु छन् । गुणस्तर र परिमाणमा ध्यान दिनुपर्छ । ५० लाख नेपालीले एकजोर लुगा किन्दियो भने पनि ५० लाख जोर कपडा बिक्री हुन्छ । नेपालको खानेकुराको पनि प्रवद्र्धन गर्न सकिने ठाउँ छ जसरी चिनियाँले मःम को ब्राण्डिङ गरिरहेका छन् । त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।

मीन जीसी, आइसीसी फ्रान्स (परामर्शदाता ग्लोबल फूड सप्लाइ)
कृषि वस्तु निर्यातबाट व्यापार घाटा न्यूनीकरण गर्न नेपालले विशेष ध्यान दिनुपर्छ । विश्वव्यापी अनुभव हेर्ने हो भने धनी देशहरुबाट गरिब देशमा सामान धेरै निर्यात भएको हुन्छ । विश्व चाहिं सुपरमार्केट जस्तो भएको छ । यसको पछाडिका मुख्य कारण भनेको ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ तथा गुणस्तरीयता हो । अर्को, परिमाण (भोल्युम) को कुरा पनि आउँछ । एकैपटक ठूलो भोल्युममा निर्यात गर्न सक्ने क्षमता पनि हामीले बढाउनुपर्नेछ । नेपालमा विस्तारै कृषि वस्तुको मूल्य शृंखला विस्तार गरेर निर्यात गर्नेतर्फ जानुपर्छ । परिमाण र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ ।

पुष्पराज तिमल्सिना, आइसीसी
हावाबाट बिजुलीलाई नेपालमा हल्का विषय बनाइयो । स्पेनको प्रविधि लगेर जोमसोममा स्टेशन खडा ग-यौं । स्पेनका इन्जिनियर लगेर अध्ययन गरेर अध्ययन प्रतिवेदन सरकारलाइ बुझाइसकिएको छ । प्राविधिक समस्या भोग्नुपरेको छैन । तीन महिना लगाएर हामीले गरेको अध्ययनले नेपालको हिमाली क्षेत्रमा वायु उर्जा सम्भव छ । हिमाली क्षेत्रबाहेक अन्यत्र वायु उर्जा सफल हुन्न ।

युवराज गुरुङ, महावाणिज्यदूत बेल्जियम, कृषि प्रवद्र्धन समितिका संयोजक
उहाँले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो । गैर आवासीय नेपालीहरुले प्रवद्र्धन गरेको मुना कृषि बजारले आफ्नै चेन सुपरमार्केट विकास गरेर किसानका उत्पादनलाई मूल्य शृंखलामा जोडिरहेको छ भन्ने सम्बन्धमा उहाँको प्रस्तुतीकरण केन्द्रीत थियो ।

(एनआरएन युरोप क्षेत्रीय बैठकमा लगानी सम्वन्धी अन्तरक्रियामा भएको छलफलमा सहभागीहरुको विचार)