४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन भित्र पार्टी राजनीति नगर्न कांग्रेस नेता कोइरालाको आग्रह

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७६, बुधबार ०९:०७

रोम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विदेशस्थित नेपाली जनसम्पर्क समिति आबद्ध नेता तथा कार्यकताहरुलाई गैरआवासीय नेपाली संघ जस्तो साझा संस्था भित्र राजनीति नगर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठमा सहभागी हुन ईटलि आइपुगेका कोइरालाले रोम नेपाली कांग्रेस आबद्ध कार्यकर्ताको भेटघाटमा उक्त विचार व्यक्त गरेका हुन् ।

कोइरालाले नेपाली कांग्रेसका केन्द्रीय नेताहरुकै कारणले विदेशस्थित नेपाली जनसम्पर्क समितिमा विवाद उत्पन्न हुने गरेको वताए । युरोपस्थित बिभिन्न देशमा नेपाली कांग्रेस आबद्ध गैरआवासीय नेपालीहरुको छुट्टै भेलामा कोइरालाले पार्टी हितको लागि सबै पक्षको एकतामा जोड दिए ।

गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने निर्वाचनलाई मध्य नजर गर्दै आयोजना भएको सो भेलामा बोल्ने केही नेताहरु बक्ताहरुले एनआरएन भित्र लोतन्त्रवादीहरुले नेतृत्व लिनु पर्नेमा जोड दिए । करिब ५० जना सहभागी भेलामा उपस्थित अधिकांस बोल्ने बक्ताहरुले संघको परम्परा र विधीको समेत व्याल गर्नु पर्ने बताए ।
बैठकमा जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुगं, कांग्रेस नेता विश्व पंण्डित, विष्णु सुवेदी लगायतको उपस्थिती थियो ।