१३ बैशाख २०८१, बिहीबार
Follow Us

अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालको प्रस्ताव

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार १२:१२

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज भएको भेटवार्तामा नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा आज भएको सो भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दल एक ठाउँ उभिनुपर्ने प्रस्ताव राख्नाका साथै संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा दुवै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा सकारात्मक ढङ्गले छलफल भएको बताइएको छ ।