१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन लक्जम्बर्गको अध्यक्षमा हरि खत्री

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७६, बुधबार २३:१६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जम्बर्गको अध्यक्षमा हरि बहादुर खत्री निर्विरोध भएका छन् । संघको बुधवार सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषाध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी, महिला संयोजक दुर्गा केसी थापा, र युवा संयोजक नवजित न्युरे चयन भए ।

यस्तै कार्यसमितिको सदस्यहरुमा बिष्णु खत्री, चँगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोयल गुरुगं, प्रेम गोयल, सरस्वती थापा, यम बहादुर थापा निर्विरोध भएका छन् । अधिवेशनले संघको प्रवक्तामा बालहरि राइए र आइसीसी सदस्यमा बालकृष्ण सापकोटालाई चयन गरेको छ ।

यसअघि सो अधिवेशनको उद्धघाटन नेपाली दूतावास लक्जम्बर्गका उपनियोग प्रमुख सुधिर भट्टराईले गरेका थिए । कार्यक्रमलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, एनआरएन युरोप संयोजक शिव वरुवाल, युवराज गुरुङ लगायतले सम्वोधन गरेका थिए ।