१५ चैत्र २०८०, बिहीबार
Follow Us

गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७६, बिहीबार २०:२४

लण्डन । गुल्मी जिल्ला समाज यूकेको तेहैं वार्षिक भेला गत आइतबार अल्डरसटमा सम्पन्न भयो । विविध सांस्कृतिक कार्यक्रमहरुसहित सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट करिब १ हजार गुल्मेलीहरु सहभागी भए ।

नेपालबाट आएका लोकदोहोरी गायक प्रसाद खप्तरी, गायिका सुनितामी परियार र फिनल्याण्डबाट आएका गायक नविन भट्टराईले कार्यक्रममा प्रस्तुति गरेका थिए ।

प्रथम नौमति बाजा गुल्मी यूके समुहको विशेष प्रस्तुति पनि कार्यक्रमको अर्को आकर्षण थियो । गरिमा भट्टराई , शिक्षा पौडेल, रिमा भण्डारी, दिपक मैथाने लगायतका स्थानीय कलाकारले आकर्षक नृत्यहरु देखाएर मनोरञ्जन दिलाएका थिए ।

सधैजस्तै कामर्यक्रमका सहभगीहरुले यस वर्ष पनि गुल्मेली ठाडो भाका, झ्याउरे, तीज गीतदेखि भजन कृतन लगायतमा नाचगान गरेका थिए ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष ओमप्रसाद थापा, विशेष अतिथि एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगर, एनआरएन यूकेकै अर्का उपाध्यक्ष शेर सुनार, सल्लाहकार फडिन्द्र भट्टराई, मिडल्याण्डका एनआरएन अगुवा दयानिधि सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको उत्तरार्द्धमा उपस्थित बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा नेपाली कला, संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

त्यसअवसरमा समाजका नयाँ आजीवन सदस्य तथा विभिन्न शैक्षिक सफलता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम व्यवस्थापन मा सहयोग गर्ने सल्लाहकार गोकर्ण बस्नेतलाई सम्मान गरिएको थियो । हालै गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोका मृतक तथा हालै निधन भएका समाजका अन्य सदस्यका परिवारजनको स्मृतिमा मौनधारण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव एवम कार्यक्रमका प्रमुख संयोजक बीर बलाल र सचिव मञ्जु भण्डारीले गरेका थिए । कार्यक्रम सहसंयोजक एवम उपाध्यक्ष मतिप्रसाद पुनले स्वागत मन्तव्य दिएका थिए ।


तस्विर : शिव भण्डारी