१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. बद्रि केसी उपाध्यक्षमा लड्ने, महासचिबमा डा. हेमराज शर्माले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७६, बिहीबार २१:१६

डिल्लीराम अम्माई । बेल्जियम । वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक तथा गैह्र आबासिय नेपाली संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोसणा गरेका छन् ।

बेल्जियमको आन्त्वेर्पेनमा क्षेत्री समाजले गरेको सम्मान ग्रहण गर्दै मन्तब्यको क्रममा उनले ’आँफु एनआरएनएले अनुभवी महासचिबको आबस्यकता महसुस गरेकोले साथीहरुसंगको ब्यापक परामर्श र आग्रह पछि चुनाबी मैदानमा आउनु परेको’ प्रस्ट्याएका हुन् ।

उनले ’आँफु अझैपनि सहमतिको पक्षमा रहेको’ बताउदै ’अर्की महासचिवकी आकांक्षी सहकर्मी जानकी गुरुङसंग यस बिषयमा छलफल गर्ने’ बताए। ’पहिला जस्तो अबस्था छैन, उमेद्वारहरु पहिलेको तुलनामा कम नै छौँ’’ भन्दै ’उहाँलाई उपयुक्त स्थानमा ब्याबस्थापन गरेर सहमतिमा जान सकिने अबस्था रहेको’ कुरा प्रष्ट्याए । उनले ’आँफु सँधै साथीहरुको आत्मसम्मानमा ठेश नपुग्ने गरि सम्मानित समायोजनको पक्षमा रहेकोले निरन्तर छलफलहरु गर्न सकिने “ भन्दै उपस्थित समुहलाई आस्वस्त पार्न खोजेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै बाग्लुङ्ग स्थाई घर भएका प्राध्यापक शर्माले ’राजनैतिक पोलोराइजेशनले संगठन ध्वस्त हुने बताउदै सम्पूर्ण एनआरएनहरु खराब प्रबृत्तिको बिरुद्ध एक ढिक्का हुन’ अनुरोध समेत गरे।

त्यस्तै क्षेत्री समाजको सम्मान कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय परिषदका महासचिव डा।बद्रि केशीले समेत आगामी चुनाबमा आँफु उपाध्यक्षको आकांक्षी रहेको बताएका थिए।

क्षेत्री समाज बेल्जियमले एक सम्मान कार्यक्रमको आयोजना गरि प्राध्यापक तथा गैह्र आबासिय नेपाली संघका सल्लाहकार डा।हेमराज शर्मा र महासचिब बद्री केशीलाई सम्मान गरेको हो।

सो अबसरमा समाजका महासचिब मीन क्षेत्री,अध्यक्ष मुना केशी,सल्लाहकार किशन केसी,एनआरएनए कृषि प्रबर्द्धन समिति तथा मुना कार्यदलका संयोजक युबराज गुरुङ लगायतको बिशेष उपस्थित रहेको थियो ।