११ बैशाख २०८१, मंगलवार
Follow Us

दवाव पछि जापानमा थन्किएको भूकम्प पीडितको २ करोड नेपाल पठाउने निर्णय

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार १३:४०

लन्डन । गैरआवासीय नेपाली सँघ जापान लगायत त्यहाँस्थित बिभिन्न संघसँस्थाहरुले संकलन गरेको भूकम्प पिडितका लागि उठेको २ करोड रुपैयाँ नेपाल पठाउने निर्णय भएको छ । भूकम्प गएको १९ महिना सम्म जापानको एक बैंकमा सो रकम गुपचुप राखेको भन्दै नेपालब्रिटेन डट कम लगायतका मिडियाले समाचार प्रकाशन गरे पछि गैरआवासीय नेपाली सँघका उपाध्यक्ष भवन भट्ट विवादमा तानिएका थिए ।

भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ ।

गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई राहत, उद्वार तथा सहयोग गर्न जापानमा गठित राहत तथा सहयोग समितिले संकलित सहयोग रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले निर्माण गर्न लागेको ६ सय वटा घरसहितको नमुना बस्ती निर्माण प्रोजेक्टमा सघाउने गरी पठाउने भएको हो ।

नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन भएको थियो ।
उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहिबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो ।

नेपालमा भूकम्प गएलगत्तै एनआरएन जापानको सक्रियता र यहाँका क्रियाशील बिभिन्न संघसंस्थाहरुको सहकार्यमा जापानको बिभिन्न सहर तथा रेल स्टेशनहरुमा राहत सहयोग रकम संकलन अभियान चलाईएको थियो । सो अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएको एनआरएन जापानका कोषाध्यक्षसमेत रहेका सहयोग समितिका सदस्य दिपक थापाले जानकारी दिए ।

जसमध्य तत्काल राहतका लागि एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाईसकिएको भए पनि त्यसबाट १२ प्रतिशत रकम मात्र खर्च भएको संयोजक भट्टले बताए । पठाईएको रकमबाट नेपालमा खर्च भई बाँकी रहेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गर्ने गरी समितिले तत्काल रकम नेपाल पठाउने निर्णय गरेको हो ।

-समुन्द्रपारीको सहयोगमा

यसअघि सो रकम नेपाल पठाउन दवाव दिने उदेश्यले नेपालब्रिटन डट कममा प्रकाशित समाचार
भूकम्प पीडितको रकम मेरो खातामा छैन — भवन भट्ट

भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा