१५ चैत्र २०८०, बिहीबार
Follow Us

आउने भयो राजु र बल्छीको हल्का रमाइलो

sarusaru
२४ श्रावण २०७६, शुक्रबार ०३:०४

काठमाण्डौ – लामो समयसम्म मेरी बास्सैको निर्देशन गरिरहेका निर्देशक द्वय बल्छी र राजुकों नयाँ सिरियल ‘हल्का रमाइलो’ मङ्गलबार छायाङ्कन भइसेकेको छ । उक्त सिरियल भदौ १ गतेदेखि हरेक आइतबार बेलुका ८ः ५० बजे प्रसारण हुने कुरा व्यवस्थापक तथा कलाकार दीपक शर्माले बताए । राजु मास्टर , बल्छी ध्रुवे , दीपक शर्मा , शम्भुराज थापा ,अनिता बस्नेत , काली बुढी , कमला रेग्मी ,कुमार गजुरेल , उज्ज्वल ,बेगम को अभिनय रहेको उक्त सिरियल युटुवमा भने बल्छी ध्रुवे च्यानलबाट आउने भएको छ । सिरियलको छायाङ्कनमा राहुल राई र श्रृङ्गारमा निर्मला आचार्य रहेका छन् । यो नितान्त कमेडी सिरियल भएको निर्देशक द्वय राजु र बल्छीले बताए ।