July 13, 2020
11:13 AM | 3:58 PM

करेन्ट लागेर एकको मृत्यु

  9th August 2019 मा प्रकाशित

करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया