१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको साधारणसभा स्थगित, जानकारी सभा हुने

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७६, शुक्रबार १४:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको साधारणसभा स्थगित भएको छ । भोलि (शनिवार) हुने भनिएको साधारणसभा अर्को सूचना प्रकाशन नहुने वेला सम्मको लागि स्थगित गरिएको एनआरएन युकेले जनाएको छ । संघका महासचिव राज कुमार त्रिपाठीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रीय अधिवेशनलाई थप भव्य र व्यापक बनाउने उदेश्यले पछि सारिएको जनाएका छन् । त्रिपाठीले अध्यक्ष योग कुमार फगामीको परार्मशमा सो अधिवेशन सारिएको जनाएका छन् ।

शनिवार संघको औपाचारिक अधिवेशन नभए पनि जानकारी सभाको आयोजना गरिने भएको छ । सो सभामा निर्वाचन सम्वन्धी प्रगति प्रतिवेदन, विद्यान संसोधन, वार्षिक प्रतिवेदन सम्वन्धी जानकारी गराइने छ । यस्तै बीच १४ सेप्टेम्वरमा हुने निर्वाचन सम्वन्धी कार्यतालिका छिट्टै प्रकाशन गरिने वताएको छ ।

त्रिपाठीका अनुसार अहिले संघमा प्राप्त सदस्यताको प्रमाणिकरण भैरहेको छ केही दिनमै मतदाताको नाम प्रकाशन गर्ने तयारी एनआरएन युकेले गरेको छ ।