१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७६, शुक्रबार १९:१९

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेका हुन्।
गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षको हैसियतमा गौतमले बिभिन्न सुधारका कामहरु गरेका थिए । उनले गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा भूकम्पपछि नेपालमा सुरु भएको पुनर्निर्माणको कामलाई गैरआवासीय नेपाली संघ बेल्जियमको तर्फबाट एक बिशेष परियोजना सहित पूर्ण रुपमा सहयोग गरेका थिए ।

गौतमले यूरोप संयोजकको जिम्मेवारी पाए संस्थागत विकास र स्थायित्वमा जोड दिँदै आर्थिक पारर्दशीतालाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता जनाए । २००८ सम्म २ बर्ष गैरआवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष भैसकेका गौतम ,त्यसपछि सल्लाहकार पनि भैसकेका छन ।

नेपाल विद्यार्थी संघ बाग्लुङ अध्यक्ष हुदै राजनीतिमा सकृय गौतम नेपालमा रहदा २ कार्यकाल बाग्लुङ महेन्द्र बहुमुखी क्याम्पसका सभापति, स्ववियु फोरम केन्द्रीय सदस्य हुदै जनसम्पर्क समिति बेल्जियमको सभापति समेत भैसकेका छन । ५ बर्ष जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष बनेका गौतम २००६ देखि हालसम्म जनसम्पर्क समान्वय समिति युरोपको महामन्त्रीका रुपमा कार्यरत छन ।
आगामी अक्टोबर १३ देखि १६ सम्म गैर आबासीय नेपाली संघको नवौं बिश्व सम्मेलन काठमाडौमा हुँदैछ।