१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कारागारभित्र यौन सम्पर्क गर्न दिईने

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७६, शनिबार ०६:३५

नेपालको कारागारभित्र कैदीबन्दीले यौनसम्पर्कको अधिकार पाउलान् ? विश्वका उदार देखि अनुदार मुलुकहरुसम्मको जेलमा लागू भइसकेको प्रजनन हकका लागि यौन अधिकार नेपालमा लागू गर्न सर्वोच्च आठ वर्षअघि फैसला गरेपनि कार्यान्वयनमा आएको छैन । यसका लागि कार्यविधि बनाएर मन्त्रिपरिषदसम्म पुर्याइएको छ ।

मन्त्रिपरिषदले कार्यविधिलाई पारित गरेर संसदमा विधयेकका रुपमा लगिएर कानुन बनाएमा कैदी—बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँनेछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्नका लागि अन्तिम तयारीका लागि कार्यविधि बनाउन लामो गृहकार्य भएको हो । कारागार व्यवस्था विभाग विगत एक वर्षदेखि यसमा लागिपरेको छ ।

प्रजनन हकका लागि यौन सम्पर्कका लागि निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याउने बुझिएको छ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो । यसै वर्षभित्रबाट प्रजनन सम्बन्धि हक सुनिश्चित गर्ने गरी कैदी बन्दी वा तिनका प्रमाणित पति वा पत्नीसँग यौन सम्पर्क गर्न छूट दिने कार्यविधि मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषदमा पठाइएको हो ।