१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूपूगोर्खा वारे त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार तयार

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार १६:४८

लन्डन । भूपूगोर्खाहरुको समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ । करिब २ सय बर्ष देखीको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुङ्गोमा पु-याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो । नेपाली दूतावास लन्डनका अनुसार बेलायत सरकारले त्रिपक्षीय वार्ताको सहजिकरणका लागि बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई आग्रह गरेको छ ।
नेपाली दूतावास लन्डनद्धारा शुक्रवार जारी विज्ञप्ति अनुसार बेलायतको रक्षा अन्तर्गतको भूतपूर्व सैनिक तथा जगेडा सम्बन्धी मामिला हेर्ने मन्त्रालयको मन्त्री मार्क लकंकास्टर भिडि भिआरले शुक्रवार एक पत्र मार्फत उक्त आग्रह गरेका हुन् ।

यसअघि भूपू ब्रिटिश गोर्खाहरुको समस्या र समाधानका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायत सरकारलाई औपचारिक पत्राचार गरेको दूतावासका प्रवक्ता शरदराज अरनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाली दूतावासले बेलायत सरकार र गोर्खा सत्याग्रह संयूक्त संघर्ष समिति एवं सम्बद्ध संघसँस्थाका प्रतिनिधीहरु सहितको सहभागितमा यथाशीघ्र वार्ता गर्न र गराउनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावास तयार रहेको उल्लेख छ ।
दूतावासले गोर्खा सत्याग्रह संयूक्त संघर्ष समितिलाई वार्ताको वातावरण तयार गर्न समेत आग्रह गरेको छ ।

thumbnail_press-release