८ बैशाख २०८१, शनिबार
Follow Us

आइसिसी सदस्यमा उम्मेदवारी दिने बांस्तोलाको घोषणा

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७६, आईतवार १२:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा बेलायतबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा रमेश बांस्तोलाले उम्मेदवारी दिने घोषणा गरेका छन्।

बाँस्तोलाले त्रिभुवन विश्वविध्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी पोखरा कलेज अफ टेक्नोलोजीको संस्थापक पनि हुन् ।

१७ वर्षदेखि बेलायतमा सपरिवार बसोबास गर्दै आएका बाँस्तोला ग्रेटर रेडिङ नेपाली कम्युनिटी, सहारा युके, पोखरेली मंच युके, यति एसोसिएसन युके लगायत विभिन्न संघसंस्थामा रही सामाजिक कार्य गर्दै आएका छन् ।