१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मानवसेवा आश्रमका अध्यक्ष अधिकारी वेलायतमा सम्मानित, लण्डनमा अन्तरक्रिया हुंदै

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७६, आईतवार १२:३८

लण्डन । बेलायतको भ्रमणमा आएका मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । बेलायत भ्रमणमा रहेका अधिकारीलाई शनिवार फानवरोमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको तर्फबाट प्रमुख संरक्षक डमर घलेले सम्मान गरेका हुन् ।

यसै बीच उनको सम्मानमा चितवन एड ट्रस्ट क्याट यूकेले एक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आउँदो आइतबार ११ अगस्टको दिन दिउँसो १ बजेदेखि प्लमस्टिडको गेसो हलमा अधिकारीसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ । उक्त अवसरमा अध्यक्ष अधिकारीले मोटिभेसनल स्पिच दिने आयोजक क्याट यूकेका अध्यक्ष जिवन सेनले जानकारी दिए ।

नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा आश्रमका अध्यक्ष अधिकारी उक्त परोपकारी संस्थाका परिकल्पनाकार समेत हुन् । उनी बेलायतस्थित सफल व्यवसायी एवम समाजसेवी सुनिल खड्काको निमन्त्रणामा केहि दिनको लागि बेलायत आएका हुन् ।

सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनै पनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने बोध नागरिकमा गराउनको लागि सक्रिय अधिकारीका अनुभवहरुलाई बेलायतस्थित नेपाली समुदायसंग बाँड्ने कार्यक्रमका उद्धेश्य छ ।

कार्यक्रममा क्याट यूकेका पूर्व अध्यक्ष एवम मास्टर इम्पावरमेन्ट कोच कृष्ण गुरुंगले पनि एक प्रस्तुति गर्ने भएका छन् । फुटेको सिसामाथि हिड्ने ुग्लास वाक फर माइण्ड पावरु शीर्षकको उनको प्रस्तुति जीवनमा आइपर्ने चुनौतिहरुलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहनेछ ।

कार्यक्रममा सहभागिताको लागि क्याट यूकेले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा प्रवेश निशुल्क छ ।