१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्ता छन् एनआरएन युकेका मतदाता (नामावली सहित)

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७६, आईतवार १७:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार पहिलो चरणको मतदाता नामावली सार्वजानिक गरिएको छ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार समितिको बैठकको निर्णय अनुरुप आज ५ साँझ सार्वजनिक भएको हो ।

श्रेष्ठका अनुसार १३,८९० आवेदन मध्य १३ हजार ३ सय ५ जनाले सदस्यता पाएका छन् । उनीहरुले एनआरएन युकेको निर्वाचनमा भाग लिन र उम्मेदवार बन्न पाउने छन् । बाँकी सदस्यको प्रमाणिकरण पछि मतदाता नामावलीमा समावेश गरिने छ ।

निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिख आइतवार हुने छ ।

अगस्ट ११ आइतवार, साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यसैगरी, १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो साढे २ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ ।

उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ ।
[democracy id=”12″]
Click Here For Membership List

How to find out your Name ?

  • Open Pdf File
  • Press Ctrl+F
  • Type your name in Find Box.
  • Press Enter

For any membership inquiries please send your inquiry to: [email protected]