१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए उपाध्यक्षमा सोनाम लामाले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७६, आईतवार १९:४६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर दोस्रोसाता हुने निर्वाचनमा अमेरिका निवासी सोनाम लामाले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघका लामो समय सम्म सकृय लामाले साथीहरुको सहयोग र छलफलमा आफ्नो उम्मेदवार अघि सारेको वताए ।

अमेरिकामा ब्यबसाय गरिरहेका सोनाम लामा एनआरएनए अभियानमा लागेको १० बर्ष भइसकेको छ । आफ्नो जन्मभुमी नेपालप्रति बढी नै सम्बेदनशील देखिने लामा एनआरएनए अभियानका हरेक गबिधिमा संलग्न हुदै आएका छन् । एनआरएनए अमेरिकाको संयोजक भइसकेका लामा एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अधिबेशनमा उपाध्यक्षको प्रत्यासी हुन लागेका हुन् ।

एनआरएनए यूरोप क्षेत्रको इटालीमा भएको क्षेत्रीय बैठकको अवसरमा विश्वभरीबाट सहभागी अग्रजहरुले लामालाई नेतृत्व तहमा आउँन सुझाव दिएका थिए।
गैरआवासीय नेपाली संघको अमेरिका संयोजकको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका लामाले गैरआवासीय नेपाली संघको भवन, लार्पक जस्ता प्रोजेक्ट सकृय रुपमा काम गरेका थिए ।
लामाले एनआरएनमा क्षमतावान, काम गर्न सक्ने, समावेशी ब्यक्तीहरुलाई समेटेर अगाडि बढ्ने टिममा आउनु पर्नेमा जोड दिए ।