७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा पोर्चुगलमा

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७६, सोमबार ०५:१७

लिस्बन । नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा पोर्चुगल आइपुगेका छन्। नेपाली जनसम्पर्क समिति साईप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आईतबार राती पोर्चुगल आइपुगेका हुन् ।

नेता शर्मालाई लिस्बनस्थित अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङ लगायतका कांग्रेस नेता तथा कार्यकर्ता पुगेका थिए ।

नेता शर्माले सोमबार लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मंगलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका बिषयमा यहां रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

तीन दिने पोर्चुगल बसाईपछि शर्मा जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन प्रबक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही पनि आईतबार नै पोर्चुगल आइपुगेका छ्न्।