१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनको सहकोषाध्यक्षमा एसी शेर्पाले उम्मेद्वारी दिने

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७६, सोमबार १६:२०

लण्डन। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्षमा अमेरिकास्थित एक नेपाली व्यवसायीले उम्मेदवारी दिने भएका छन् ।
अमेरिकाको वासिङटन राज्यको सियाटलमा बस्दै आएका बस्दै आएका एसी शेर्पाले सो पदमा उम्मेदवारी दिने भएका छन् ।

शेर्पाले आगामी कार्यकालका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।

आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा शेर्पाले ‘आर्थिक अनुशासन र पारदशीता’को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको वताए ।
लामो समय देखी सामाजिक कार्यमा सकृय शेर्पा नेपालका लागि अवैतानिक बाणिज्यदूत पनि हुन् । एनआरएनको स्थापनाकालदेखि नै अभियन्ताको रुपमा सक्रिय रहेका शेर्पाले नेपालमा एनआरएन भवन बनाउन अमेरिकाबाट निकै ठूलो योगदान पुर्याएका थिए ।

भूकम्पका बेला नेपालका जिल्लामा पुगेका शेर्पाले एनआरएनको सहयोगमा गोरखाको लाप्राकमा निर्माणाधीन बस्ती निर्माण, सिन्धुपाल्चोक र सोलुखुम्बुमा दुईवटा स्कूल बनाउन सहयोग गरेका छन् ।

यसैगरी, उनले सन् २००६ देखि ‘सेभेन समिट’ नामक आफ्नै संस्थाबाट २० हजार भन्दा बढी महिला र बालबालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्याएका छन् ।