१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तस्करीका कपडा बरामद

sarusaru
२८ श्रावण २०७६, मंगलवार ०३:०५

विराटनगर : भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याइएका कपडा प्रहरीले विराटनगर महानगरपालिका-१४ जतुवाबाट आइतबार राति बरामद गरेको छ। भन्सार छली गरेर ल्याउँदै गरेका साडी, कुर्तासलवार, लेगिज, तन्नालगायत कपडा चेकजाँचका क्रममा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।

उनका अनुसार ६१ हजार सात सय मूल्य बराबरका कपडा बरामद भएको छ। बरामद कपडा सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

अन्नपूर्ण पोष्ट