७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार विरहीको उपचारमा सहयोग गर्न नेजाले थाल्यो आर्थिक संकलन

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार ०५:४३

अमेरिका । क्यान्सर रोगसँग लडिरहनुभएका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघले आर्थिक संकलनको काम अघि बढाएको छ ।

संघको आइतवार वसेको कार्यसमितिको वैठकले विरहीको उपचारका लागि सक्दो सहयोग गर्ने निर्णय गरेसँगैं गो फन्ड मी खोलेर नेजाले आर्थिक संकलनको काम अघि बढाएको हो ।

नेपाल पत्रकार महासंघले विरही र अर्का सुर्खेतका पत्रकार डिल प्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गर्न समेत नेजालाई आग्रह गरेको थियो ।

नेजाले आफ्नो खातावाट २ सय १ डलर राखेर गो फन्ड मी को सुरुवात गरेको हो । नेजाले यसअघि पनि पत्रकारको सहयोगार्थ आर्थिक संकलन गर्दै आएको छ । गो फन्ड मी मार्फत संकलित रकम पत्रकार महासंघ मार्फत पठाइने नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जनाउनुभएको छ।