१३ बैशाख २०८१, बिहीबार
Follow Us

पिटरबरो नेपाली समाज च्यारिटीमा दर्ता, समाजद्वारा देउसी भैलो सम्पन्न

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार २०:३२

पिटरबरो र यसको वरपर बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था पिटरबरो नेपाली समाज च्यारिटी संस्थामा दर्ता भएको छ। पिटरबरो नेपाली समाजको च्यारिटी रजिस्ट्रेसन नम्बर ११६९९०४ रहेको छ।
२००७ मा स्थापना भएको पिटरबरो नेपालीले समाज स्थापना काल देखी नै आफुलाई एउटा परोपकारी संस्थाको रुपमा उभ्याएको छ। मातृभुमी नेपालमा भुकम्प, बाढी पहिरो आगलागीको अन्य प्राकृतिक बिपत्ति लगायत परोपाकारी तथा समाजिक क्षेत्रमा पनि नियमित सहयोग पुर्याउँदै आएको छ। महाभुकम्पको समयमा यस समाजले ३० हजार पाउण्ड बढी नगद र अन्य धेरै राहत सहयोग जुटाएर पठाएको थियो।

समाज च्यारीटीमा दर्ता भए पछि अझ जिम्मेवारी बढेको र आगामी दिनहरुमा समाजसेवाको क्षेत्रमा अझ बढी सक्रिय हुने बताउँदै समाजका अध्यक्ष पवन शर्मा भन्नु हुन्छ “समाजको बृहत्तर हितमा काम गर्नको लागी यसले थप मद्धत पुर्याउने छ”।
आगामी दिनमा पिटरबरोमा स्थानिय स्तरमा साथै
आफ्नो मातृभूमीको कल्याणको लागी अग्रसर हुनुपर्ने समाजको कर्तब्य रहेको बताउँदै अध्यक्ष शर्माले समाजलाई च्यारीटी संस्थामा दर्ता गर्नको लागी सहयोग गर्ने र बिशेष भुमिका खेल्नु हुने समाजका पूर्व अध्यक्षहरु किरण कार्की, महेश अधिकारी केशब भण्डारी लगायत कार्यसमिति सदस्य डा राजु सापकोटा र चार्टर्ड एकाउन्टेट एल एन घिमिरेलाई धन्यवाद दिनु भएको छ।

देउसी भैलो 1
पिटरबरो नेपाली समाजले ३१ अक्टोबर गोरु तिहारको दिन स्थानिय वेस्टहुड हलमा पहिलो पटक सामुहिक रुपमा देउसी भैलो खेलेको छ।
त्यसो त् नेपाली चाडपर्व, संस्कृती, परम्परा बिदेशमा पनि सम्बर्द्धन गर्न नयाँ पुस्तालाई चिनाउन सहयोग पुगोस भन्ने उदेश्यले पिटरबरो नेपाली समाजले हरेक बर्ष देउसी भैलो खेल्दै आएको छ। र यो देउसी भैलो समाजको लागी फन्ड रेजिङ गर्ने एउटा बिशेष अवसर पनि हो। तर दुइ तिन घरबाट सुरु भएको पिटरबरोमा नेपालीहरुको बसोबास अहिले ब्यापक बृहत भैसकेको छ र यो क्रम जारी नै छ। त्यसैले हर घरमा गएर देउसी भैलो खेल्न असंभव भएकोले स्थानिय हलमा सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो। समाजका सबै सदस्यहरुलाई सामुहिक देउसी भैलोमा सहभागी हुन पहिले नै निम्ता पठाएको थियो।
ठुलो संख्यामा पिटरबरो नेपालीहरु सहभागी भएको सामुहिक देउसी भैलोलाई समाजका महासचिवा नृपेश उप्रेतीले नेतृत्व गर्नु भएको थियो भने सह कोषाध्यक्ष संगीता कोइराला लगायत हरिहर भट्टराई, प्रमोद ढकाल, बसन्ती भुषाल, कपिल खडका, हरि भट्ट आदिले भट्याउनमा साथ दिनु भएको थियो। झन्डै ३ घण्टा सम्म चलेको देउसी कार्यक्रममा देउसी भैलो गीतमा उपस्थित सबै रमाएर नाचेका थिए।
देउसी भैलोमा उपस्थित हुन असमर्थ समाजका सदस्यहरुले समाजको भाइवर ग्रुप मार्फत नै देउसी भैलोलाई दिने सहयोग रकम बोल्नु भएको थियो। यसरी सामुहिक रुपमा खेलिएको देउसी भैलो आर्थिक र सामुहिक दुवै रुपमा सफल र समयको हिसावले पनि किफायती भएको समाजका कोषाध्यक्ष बिष्णु थापा बताउनु हुन्छ।