१३ बैशाख २०८१, बिहीबार
Follow Us

अर्घाखाँची समाज यूकेको अध्यक्षमा पुनः बालकृष्ण

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार १६:४९

लन्डन । अर्घाखाँचीबाट बेलायतमा बसोबास गर्ने नेपाली समुदायको साझा संस्था अर्घाखाँची समाज यूकेको साधारणसभा हालै सम्पन्न भयो । सम्पन्न साधारणसभाले पुनः बालकृष्ण भुसालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन ग¥यो । समाजको उपाध्यक्षद्वयमा राम आले र सुशील गौतम (खिदिम) रहेका छन् भने सचिवमा हरि पौडेल, सहसचिवमा कल्पना श्रीपाल, कोषाध्यक्षमा विमला आचार्य र सहकोषाध्यक्षमा विशाल आले रहेका छन् ।

यस्तै सदस्यहरुमा गीता शाही, मीना जिएम, केशव राना, सुवर्ण पाण्डे (पिटखरो), सुशीला राना, अमिता बेलवासे र विकास राना रहेका छन् ।
समाजको यो दोस्रो साधारणसभा हो । समाजका अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामबहादुर आलेले स्वागत भाषण गरेका थिए । बेलायतमा बसेर सामाजिक प्रतिष्ठा आर्जन गरेका जीव बेल्वासे, डा. उत्तम कक्षपति, वाचस्पति रेग्मीले कार्यक्रममा बोलेका थिए । कोषाध्यक्ष विमला आचार्यले आर्थिक विवरण प्रस्तुत गरेकी थिइन् भने समाजले गत वर्ष सम्पन्न गरेको कार्यक्रम र आगामी वर्ष गरिने योजनाबारे अध्यक्ष भुसाले बोलेका थिए ।

कार्यक्रममा यम राना, क्या. वीरबहादुर थापा, दामोदर आचार्य, खड्गबहादुर आले, पदम आचार्य, बीपी खनाल, रोशन कक्षपति, बुद्धि सारु, गोविन्द बेलवासे, डा. दामोदर खनाल, देव केसी (स्कटल्यान्ड) र कमल पन्थीको उपस्थिति थियो । तुङ्ग भुसालको उद्घोषण रहेको उक्त साधारणसभाको दोस्रो सत्रमा कलाकारले कार्यक्रममा रौनकता थपेका थिए । सन्धिखर्ककी सुनितामी परियार, चिदिकाकी कल्पना श्रीपाल र अर्जुन सुनाम तथा बीररबहादुर थापाबीच चलेको दोहोरीले सहभागीलाई नाँच्न पे्ररित गरेको थियो ।