१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए एशिया प्यासिफिक संयोजकमा पारसमणिको उम्मेद्धारी घोषणा

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार १६:५४

जापान । आगामी अक्टुवरमा हुने एनआरएनएको अधिवेशन नजिकिएसँगै नयाँ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

यसै क्रममा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उप-संयोजक पारसमणि पोखरेलले संयोजकमा उमेदवारी दिने घोषणा गरेका छन् ।

पोखरेल सन् २००४ मा रोटरी फाउन्डेसनको रोटरी एम्बासोडोरिअल छात्रवृत्ति पाएपछि जापान आएका हुन् । टोक्योको इन्टरनेस्नल क्रिस्चियन युनिभर्सिटीमा आफ्नो अध्ययन पूरा गरी व्यवसायमा प्रवेश गरेका उनी जापानको नागोयामा सामिका ग्रुपका अध्यक्ष हुन् ।

एनआरएन अभियानमा शुरूवती दिनदेखिनै सक्रिय पोखरेल एनआरएनए जापानको पहिलो क्षेत्रीय समिति नागोयामा संस्थापक संयोजक हुँदै हाल एशिया प्यासेफिक उपसंयोजक छन् ।