१६ चैत्र २०८०, शुक्रबार
Follow Us

८४ व्यञ्जनका परिकारहरुको प्रसाद वितरण

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७३, शनिबार ०५:३५

चितवन– श्री शेष लक्ष्मी नारायण मन्दिर क्षेत्रपुरमा हिजो शुक्रवार अन्नकुट महोत्सवको सन्र्दभ पारेर ८४ व्यञ्जनका परिकारहरुको प्रसाद वितरण गरिएको छ । प्रत्येक तिहारको पञ्चमी एवंम् मुल नक्षेत्रको अवसरमा आयोजित सो महोत्सवमा बनाइएको ५६ परिकारको भोग र ८४ व्यञ्जनहरु वितरण गरिएको हो । सो तिथि र नक्षत्रका दिन रामानुजार्चायको दोस्रो अवतार श्री शेष अवतार वरवर मुनिको जन्मोत्सव पनि पर्ने भएकाले वैष्णव मठमन्दिरमा अन्नकुट महोत्सव मनाउने गएिकको मठाधिश पद्मनाभाचार्यले जानकारी दिनु भयो ।
मठाधिश पद्मनाभार्चायाका अनुसार अन्नकुट महोत्सवको बारेमा श्रीमद्भागवत् पुराणमा गोबद्र्धन पुजाको प्रसगंमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व पनि रहेको छ । भगवान कृृण्णका पाला देखि नै अन्कुट महोत्सव मनाउने चलन रहेको छ ।
वर्षदिनभरीे गरिने पुजा आरधनाको पुर्णताको लागि यस महोत्सवको आयोजना गर्ने गरिएको हो ।अन्कुट महोत्सवको अवसरमा विभिन्न किसिमका ५६ परिकारको भोग र ८४ व्यञ्जन हरु बनाउने परम्परा रहेको छ । सो परम्परा अनुसार नै श्री वैण्णव संम्प्रदायमा अन्नकुट महोत्सव मनाउने गरिन्छ । यस शेष लक्ष्मी नारायण मन्दिरमा हरेक वर्ष यस अन्नकुट महोत्सवको आयोजना गर्ने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शान्त प्रसाद पोखरेलले बताउनु भयो ।
महोत्सवमा उपस्थित भक्तहरु सबैले सो भगवानलाई भोग लगाएपछिको ५६ भोग र ८४ व्यञ्जनका परिकारहरु प्रसाद रुपमा खाने प्रचलन रहेको मन्दिरका महासचिव लालमणि पौडेल बताए । सो परिकारहरु सबै मन्दिरका मठाधिश लगायतका पुजाँरीहरुले नै बनाउने गर्दछन् ।
मन्दिर परिसर भरतपुर उपमना २ क्षेत्रपुरमा आयोजना गरिएको अन्नकुट महोत्सवमा चितवन, नवलपरासी, तनहुं लगायतका विभिन्न जिल्लाहरुबाट गरी २सय ५० जना भन्दा बढि भक्तजनहरुको सहभागिता रहेको थियो ।
श्री वैण्णव संम्प्रदाय अन्तरर्गतको सो मन्दिरको केशवी आमा जी ,पद्या कोइराला , चन्द्रकला भटराई, शुभद्धा वास्तोला, हरिप्रीया भटराई र कमला पौडेल सबै महिला को सक्रियतामा २०३७ सालमा स्थापना गरिएको थियो ।
सृजना अर्याल