४ बैशाख २०८१, मंगलवार
Follow Us

वडाध्यक्ष घूससहित पक्राउ

sarusaru
२९ श्रावण २०७६, बुधबार ०२:१८

काठमाडौँ — महोत्तरीको भंग्राहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम मंगलबार घूससहित पक्राउ परेका छन् । सम्पन्न योजनाको रकम भुक्तानीका लागि सिफारिस गरेबापत सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घूससहित आलमलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

सोही प्रकरणमा संलग्न आशंकामा भंग्राहा–८ कै वडा सदस्य कारी साहलाई पनि पक्राउ गरिएको छ । दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको अख्तियार जनाएको छ ।

अख्तियारले बाराको कलैया उपमहानगरका इन्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।यादवद्वयले सेवाग्राहीसँग घूस लिएर वास्तविकभन्दा बढी काम देखाई भुक्तानी दिन सिफारिस गरेको जनाइएको छ । अभियोगपत्रमा उनीहरूले कलैया उपमहानगर–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाई ५ लाख ७१ हजार रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।

अख्तियारले उनीहरूलाई बिगोबराबर जरिवाना र जेल सजाय गर्नसमेत मागदाबी गरेको छ । मुद्दा दायरसँगै दुवै जना निलम्बित भएका छन् ।
कान्तिपुर