८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युकेमा ७४ पदको लागि निर्वाचन हुने (कुन कुन पदमा निर्वाचन हुन्छ?)

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७६, बुधबार १३:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको लागि ७४ पदमा निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार २७ जनाको कार्यसमिति, ४ राज्य परिषद र आइसीसी सदस्य ७ जना सहित जम्मा ७४ पदमा निर्वाचन हुने भएको छ ।


सो निर्वाचनमा उम्मेदवार हुन ईच्छुकहरुले आइतवार बिहान १० बजे देखी १ बजे सम्म निर्वाचन समितिको कार्यालय अल्डरशटमा उपस्थित भएर वा वारेस मार्फत आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

१४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्धय पुनम गुरुङ र शेर सुनारले उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् ।