July 13, 2020
7:13 AM | 11:58 AM

नेकपा सचेतकको घरमा तीन वटा बम प्रहार

  16th August 2019 मा प्रकाशित

बुुटवल। प्रदेश नम्बर ५ का नेकपा प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा गएराति तीनवटा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । बम प्रहारबाट लुु १ ज ४५६ नम्बरका गाडीमा क्षति पुगेको छ भने घरका कोठाहरुमा पनि क्षति पुगेको बताइएको छ ।
ढकाल हाल बिरामी अवस्थामा काठमाडौंमा उपचाररत रहेको अवस्थामा कसले बम प्रहार गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया