१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए आयरल्याण्डको अध्यक्षमा बसन्त न्यौपानेको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार ०६:१८

एनआरएनए आयरल्याण्डको अध्यक्षमा बसन्त न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् ।

एनआरएनए आएरल्याण्डको राष्ट्रिय महाधिवेशन र कार्यसमिति चयनका लागि१९ अगष्टमा निर्वाचन हुन गइरहेको छ । निर्वाचनलाई ध्यानमा राखेर उम्मेदवारी घोषणा भएको हो । निर्वाचन हुन ४ दिन बाँकी रहेपछि यतिखेर चुनावी सरगर्मी बढेको छ ।

विभिन्न पदाधिकारीमा आ–आफ्नो उम्मेदवारी प्रस्तुत भइरहेको छ । ३ वर्षे कार्यकालका लागि सामाजिक अभियन्ता एवं नेपाली समुदायमा छुट्टै छाप बनाउन सफल बसन्त न्यौपानेले उम्मेदवारी घोषणापछि प्रचारप्रसार पनि तीव्र बनाएका छन् ।

उनको पहिलो प्राथमिकता नेपाली समुदायको हकहितमा काम गर्ने रहेको छ । विद्यार्थीको समस्या समाधान, एनसीसी आयरल्याण्डको आफ्नै कार्यालय, पर्यटन वर्ष २०२० का लागि विशेष अभियान चलाउने लगायतका एजेन्डा उनले अघि सारेका छन् ।

‘एनआरएनको नेतृत्व सम्हालेर केही परिवर्तन गर्ने योजना अघि सारेका छौं’, उनले भने,‘सबैको सामूहिक सहाभागितामा केही काम गर्न सकिन्छ।’ विगत १० वर्ष देखि निरन्तर रूपमा सदस्य, उपाध्यक्ष, सल्लाहकार हुँदै उनले एनआरएनमा सक्रिय रुपमा सहभागी हुँदै आएका छन् ।

कोर्क नेपाली समाजको स्थापनकाल देखि आजसम्म निरन्तर लागेको उनले केही प्रतिबद्धतासमेत जाहेर गरेका छन् । आर्थिक करोबारलाई पारदर्शि रुपमा प्रस्तुत गर्ने , संस्था बिसुद्द सामाजिक र परोपकारी को रुपमा प्रस्तुत गर्ने, एनआरएनएसँग विद्यार्थीको सम्बन्धलाई व्यापक सुधार गरेर अगाडि बढ्ने तथा विद्यार्थीका लागि सहयोग कक्ष राखेर उनीहरुका समस्यालाई सहजिकरण गर्ने, उनीहरुसँग सहकार्य गर्दै युवामुखी कार्यक्रम आयोजन गर्ने , नेपालको एउटा अविकसित जिल्ला छानेर विभिन्न सहयोगी कार्य गर्ने त्यसलाई आएरल्यान्डको ग्रीन जिल्लाको रुपमा अगाडि बढाउने, सबै भाषाभाषि संघ संस्थासँग समन्वय गरेर आयरल्यान्डको बिभिन्न सहरमा बस्ने नेपालीको भावनाअनुसार अगाडि बढ्ने, नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरि बिशेष कार्यक्रम अगाडि बढाउने, नेपाली नागरिकता निरन्तरताको लागि नेपाल सरकारसँग विशेष पहल गर्ने र आयरन्यान्डमा संस्थाको आफ्नो कार्यालय भवन निर्माण गर्ने लगायतका प्रतिबद्धता अघि सारेका छन् ।