८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा सचेतकको घरमा पेट्रोल बम प्रहार

sarusaru
३१ श्रावण २०७६, शुक्रबार ०६:३१

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ। सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको उनको घरमा तीन वटा पेट्रोल बम प्रहार भएको हो।
गएराति दुई बजेतिर अज्ञात समूहले लु १ ज ४५६ नम्बर गाडीसहित उनी र उनका बाबुआमा सुत्ने कोठामा बम प्रहार भएको छ।

 

ढकाल केहि दिनदेखि उपचारका लागि काठमाडौंमा रहेका छन्। बम कसले हान्यो भन्ने पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय सालझण्डी प्रहरी निरीक्षक रवि मैनालीले जानकारी दिए।

राति आफ्नो घरमा बम प्रहार भएको खबर पाएको जानकारी दिँदै ढकालले अन्नपूर्णसँग भने, ‘म त उपचारका लागि काठमाडौं  अस्पतालमा छु।’

बम प्रहारबाट गाडीमा क्षति पुगेको छ। घरमा उनका बाबु,आमा र पत्नि थिए। घरभित्रै फालिएको बम नपड्किएका कारण ठूलो क्षति नभएको प्रहरी निरीक्षक मैनालीले बताए। उनले घटनाको अनुसन्धान भइरहेको बताए।

अन्नपूर्ण पोष्ट