६ बैशाख २०८१, बिहीबार
Follow Us

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार ११:१३

चितवन– पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेसहित तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले चितवनमा प्रदर्शन समेत गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका थिए ।