१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको स्कुल विभाग ईश्वर पोखरेलले पाए, बामदेव उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार ११:१४

काठमाडौँ — अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठनको जिम्मेवारी टुंगो लगाएको छ । शुक्रबारको सचिवालय बैठकले विभागको नेतृत्व टुंगो लगाएको हो । यसअघिको दाबेदार इश्वर पोखरेल नै स्कुल विभागको प्रमुख बनेको छन् ।

यस्तै नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग जिम्मेवारी दिने सहमति भएको छ । विदेश विभागको प्रमुख वरिष्ठ नेता माधव नेपाल, नीति तथा अनुसन्धान विभागको अर्का वरिष्ठ नेता झलनाथ खनाल, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेको नाम सहमति भएको छ ।

यस्तै नेता वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव गरिएको छ। यो प्रस्ताव स्थायी कमिटीमा पेश गरिनेछ ।