१३ बैशाख २०८१, बिहीबार
Follow Us

हिक्मत थापाले एनआरएनएको उपाध्यक्षमा उम्मेद्वारी दिने

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार ११:४९

लण्डन । गैरआवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९- २०२१ को लागि अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ । संघमा सन २००७ देखि आबद्ध थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ भने , त्यस पछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै हुनुहुन्छ ।

अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गर्नु भएका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गर्नु भएको छ ।

कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनु भएको छ ।

समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्धार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित हुनु हुन्छ । दैबी बिपत्ति र एनआरएनका नेपाल परियोजना ९प्रोजेक्ट०हरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउनु भएको छ ।

संघले संसार भरका गैर आवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध हुनुहुन्छ ।