१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती डाक्टरको टोली नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७३, शनिबार ०८:२६

लन्डन । पाँच सदस्य बेलायती डाक्टरको टोली दुई साता लामो नेपाल भ्रमणमा निस्केका छन् । नेपालका अस्पतालको अध्ययन र विशेषज्ञता सेयर गर्न उनीहरु नेपाल भ्रमणमा आएका हुन् ।
सिनियर नेत्र रोग विशेषज्ञ डा. भरत श्रेष्ठको नेतृत्वमा नेत्ररोग परमार्शदाता डा. वसन्त रमण, मधुमेय रेटिनोप्यथी विज्ञ डा. टिम फ्रिगार्ड, डा. सोफिया वेगली तथा जुलिया वेयन रहेका छन् ।
उनीहरुले नेपालका आँखा डाक्टरलाई लेक्चर तथा विरामीबारे अध्ययन गर्ने टोलीको नेतृत्व गरेका डाक्टर श्रेष्ठले बताए । भक्तपुर मनोहरामा रहेको बीपी कोइराला बाल अस्पतालको कान आँखा र पुनस्थार्पना केन्द्रको सहकार्यमा बेलायती डाक्टरहरु नेपालमा आउन लागेका हुन् । बीपी आँख फाउन्डेसनबाट सञ्चालित उक्त अस्पतालको नेतृत्व मदन उपाध्यायले सम्हाल्दै आएका छन् ।
बेलायती डाक्टरको टोली नोभेम्बर ६ देखि ११ सम्म काठमाडौंमा बस्नेछ । उनीहरुले तिलगंगा अस्पतालमा एउटा समिनार पनि गर्नेछन् । डा. रमनले नेशनल रेटिना कन्फेन्समा भाग लिने छन् ।
उनीहरु नेपाल भ्रमण यो दोश्रो हो । नेत्र रोगसम्बन्धी ज्ञान र प्रविधिसम्बन्धी एक आपसमा सेयर गर्न डाक्टरहरुको विशेषज्ञ टोली नेपाल आएको टिम लिडर डा. श्रेष्ठले जानकारी दिए । टोलीले लुम्बिनी, पोखरा र चितवनको भ्रमण गर्नेछ ।
नेपाल र बेलायत सम्बन्धको दुई सय वर्ष पुगेका अवसरमा गरिएको यो विशेषज्ञहरुको भ्रमणले सम्बन्ध अझ प्रगाढ बन्ने डा. श्रेष्ठको ठहर छ ।