१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७६, आईतवार ०६:२४

स्वीडेन : गैर आवासीय नेपाली संघको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुएको छ । महासचिवमा भने राजकुमार ओमशन निर्वाचीत हुनुभएको छ । महासचिवव बाहेक सबै पदमा निविरोध निर्वाचीत भएको हो । आज सम्पन्न अधिवेशनबाट महासचिवमा ओमशनले ११३ प्राप्त गरि विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी अनिल सापकोटाले ४१ मत प्राप्त गर्नुभयो । जम्मा १५४ जनाले मतदान गरेकोमा कुनै पनि मत बदर भएन् ।

निर्वाचन समिति संयोजक शिव कुमार चम्लागाँइका अनुसार आइसिसी सदस्यमा अर्जुन कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुभयो । त्यस्तै, अन्य निर्विरोध निर्वाचीत हुने उपाध्यक्षमा धनश्याम पुन, सचिव प्रमोद अर्याल, कोषाध्यक्ष सरीता ढकाल, युवा संयोजक भीम बहादुर भण्डारी, महिला संयोजक रिना केसी, सदस्यहरुमा पुनम राई, सुधन रेग्मी, नवराज तिमल्सिना, बेली जीसी र प्रवीण श्रेष्ठ हुनुहुन्छ । अधिवेशन एक कार्यत्रमका बीच आइसिसी महिला फोरम संयोजक रजनी प्रधान, बेल्जियमबाट पाल्नुहुने एनआरएन अभियन्ता रविन्द्रमान श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।