एनआरएन युकेको ७४ पदमा १ सय भन्दा बढी उम्मेदवारी, गुरुङ र सुनार बीच प्रतिस्पर्धा (उम्मेदवारको नाम सहित भिडियो)
नेपालब्रिटेन डट कम्
१ भाद्र २०७६, आईतवार १७:३५
लण्डन । गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । अल्डरशटस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरुले आआफ्नो मनोनयन दर्ता गरेका हुन् । अध्यक्षका प्रत्यासी पुनम गुरुङ र शेर वहादुर सुनारले आफ्नो उम्मेदवारी दर्ता गरे । यस्तै महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपाध्यक्षमा प्रेम गाहामगर, सुनिल खड्का, धन बहादुर सार्की, पशुपति पोखरेल, रोजिना प्रधान राई (महिला), कमल पौडेल लगायतले उम्मेदवारी दर्ता गरेका छन् । ७ आइसीसी सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ । महिला संयोजकमा प्रसुना कँडेल र क्षमता ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।
अन्य उम्मेदवारहरु यस प्रकार छन् ।
राष्ट्रिय समन्वय समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम