१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कैदीको पत्र’मा डा. राजदूत सुवेदी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७६, आईतवार २३:०५

लण्डन । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथी आधारित रहेर यतिबेला फिल्म छायाँकन भइरहेको छ । २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’ को निर्देशन बैराग आफैले गरेका छन् । त्यति मात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वयमंले लेखेका छन् ।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् ।
‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनका लागि आफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’

फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री,किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापा, आलिया गिरी लगायतले अभिनय गरेका छन् । रामेश्वर कार्कीको छायांकन,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन,सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन । कलिना–रुबिन श्रेष्ठ,हिराल आमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् ।

फिल्म सुटिङका लागि केही साताअघि प्राबिधिकको एक टोली काठमाडौंबाट बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,किलिङ्ग,ग्लास्को,ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’ को छायांकन सकिन अझै दुई साता बढी समय लाग्ने बताइएको छ ।