१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘भगौडा सैनिकलाई जेल हाल्नु संविधानविपरीत’

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार ०३:१३

काठमाडौँ — सशस्त्र द्वन्द्वमा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादीमा लागेकाहरूलाई सैनिक अदालतले जेल सजाय गर्न थालेकोप्रति सत्तारूढ नेकपाले गम्भीर असन्तुष्टि प्रकट गरेको छ ।

पार्टीका प्रमुख सचेतक देव गुरुङले आइतबार प्रतिनिधिसभामा गोरखा, आरुघाट–९ का शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय सुनाएकामा विरोध जनाए । उनले यो कदम संविधान र शान्ति सम्झौताविपरीत भएको दाबी गरे ।

भागेको १३ वर्षपछि पक्राउ गरिएका गुरुङलाई गत साउन १२ मा जेल सजाय तोकिएको हो । ‘सैनिक अदालतको यो कदम संविधानविपरीत छ,’ गुरुङले भने । उनले ८ महिनाअघि पक्राउ परेका भगतलाल नामका माओवादी लडाकुलाई समेत थुनामा राखी सैनिक अदालतमा मुद्दा चलाइएको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।