१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार ०३:१७

काठमाडौँ — संघीय संसद्‌मार्फत दिएको दबाबले सरकारलाई नछोएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन लगायत मुद्दालाई सडकमा लैजाने घोषणा गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक साताभित्र माग पूरा गराउन ध्यानाकर्षण गराउने बताए । ‘त्यसपछि पनि माग पूरा गर्ने प्रक्रिया अघि बढाइएन भने आन्दोलनमा जान्छौं,’ उनले भने ।

राजपाले ५ महिनाअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा जाने घोषणा गरेको थियो । कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएलगत्तै राजपाले समर्थन फिर्ता लिएको थियो । कान्तिपुरमा खबर छ ।