July 13, 2020
7:57 AM | 12:42 PM

दर्ता नभएका औषधी बिक्री वितरण गर्न रोक

  19th August 2019 मा प्रकाशित

औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो ।
विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।

प्रतिक्रिया