१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुलिसलाई कुटपिट काण्डमा पारसले मुख खोले

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार १६:२८

काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका एक सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’
उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’
यसैबीच प्रहरीले पारसले हातपात गरेको विषयमा छानबिन थालेको जनाएको छ ।