७ बैशाख २०८१, शुक्रबार
Follow Us

ढोरपाटन सम्मान २०७६ गौचनलाई प्रदान

sarusaru
३ भाद्र २०७६, मंगलवार ०२:५६

बागलुङ  – ढोरपाटन राष्ट्रिय दैनिक १७ औं वर्षमा प्रवेश गरेको छ । ढोरपाटन संचार प्रालि पत्रिकाको प्रकाशक हो । पत्रिकाको १६ औँ वार्षिकोत्सव तथा संघीयतामा समृद्धि विषयक बहसको आइतबार सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । पत्रिकाले वार्षिकोत्सवको उपलक्ष्यमा संघीयता र समृद्धिका विभिन्न आयामहरु समेटेर एक विशेषांक प्रकाशन ग¥यो । प्रकाशन संस्थाका अध्यक्ष तथा पत्रिकाका सम्पादक हरिनारायण गौतमले विशेषांकले संघीयताको सफल कार्यान्वयनसँगै समृद्धिका विभिन्न विषयहरुको उठान गरेको जनाउँदै सरोकारवालाहरुबीच यो विषयमा गम्भीर बहसको थालनी हुनुपर्नेमा जोड दिए । बागलुङसँगै पोखराबाट पनि प्रकाशन थालेको ढोरपाटनको विशेषांकमा गण्डकी प्रदेशका समृद्धिका आधार, संघीयताका विभिन्न पक्षहरु समेटिएको छ । 
कार्यक्रममा ढोरपाटन दैनिकले बागलुङमा २००८ सालमा सही बाटो पत्रिका प्रकाशन गर्ने ओमकारप्रसाद गौचनलाई ‘ढोरपाटन सम्मान २०७६’ बाट सम्मानित गरियो । हस्तलिखित सही बाटो नै बागलुङको पहिलो पत्रिका हो । अहिले जीवनको ८२ औँ वसन्तमा हिँडिरहेका गौचनलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री बास्कोटाले सम्मानित गरेका हुन् । कला, साहित्य र पत्रकारितामा विशेष योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष ढोरपाटन सम्मानबाट सम्मानित गरिन्छ । यसैगरी पत्रिकाले उत्कृष्ट स्तम्भकारको रुपमा कृष्णकुमार सैँजु सम्माति भए । उनलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरियो । सैँजुले ढोरपाटन राष्ट्रिय दैनिकमा हरेक शुक्रबार स्वास्थ्यसम्बन्धि आलेख लेख्दै आएका छन् । ढोरपाटन संचार प्रालिको उत्कृष्ट कर्मचारीको रुपमा भने नविना विक नगद १० हजार रुपैयाँसहित सम्माति गरिएको हो ।

 

जनमञ्च