१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्रामक र झुट समाचार प्रति विश्वास नगर्न सगुनको अपिल

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७६, मंगलवार १४:४५

लण्डन । अमेरिकाबाट संचालित सोसियल मिडिया वेवसाईट सगुनले विभिन्न अनलाइनमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । सगुनले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालबाट गैरकानुनी रुपमा संचालित केही वेवसाइटले ‘सगुनको कमालः हतारमा विश्वास गर्दा बेलायतमा सयौं नेपाली यसरी ठगिए’ शिर्षकमा प्रकाशन भएका समाचार झुटमा आधारित र व्यक्तिगत जीवनलाई नकरात्मक असर पु-याउने हेतुले अभिप्रेरित भएको भन्दै सो समाचारको खण्डन गरेको हो ।

सगुनले गैरआवासीय नेपाली संघ युकेका पूर्वअध्यक्ष तथा सगुनका सल्लाहकार सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारहरु सगुनप्रति भम्र सिर्जना गर्न र
सूर्य गुरुङको व्यक्तिगत जीवनलाई नकारात्मक असर पु-याउने हेतुले अभिप्रेरित भएको, सत्य तथ्य नबुझी झुटमा आधारित भएको देखिएकोले सो समाचारप्रति खेद व्यक्त गरेको छ ।

विज्ञप्तिमा ‘नेपालीले शुरु गरेको जुन कुनै साहसिक कदमलाई नेपालीले नै सहयोग गरेर नेपालीको हैसियत विश्व मानचित्रमा उच्च बनाउने काममा सबै नेपालीले सहयोग गर्नु पर्छ भन्ने सगुनको मान्यता रहेको छ । तर यदि केही व्यक्ति वा समूहले आफ्नो निश्चित स्वार्थ पूरा गर्ने उद्धेश्यले कपोल्कल्पित र भ्रामक समाचार
प्रकाशन प्रशारण गरेर सगुन र सगुनसँग सम्वन्धित विषयमा भ्रम छर्ने र छद्मभेष धारण गरि अनर्गल प्रचार गरे त्यस्ता व्यक्ति तथा संस्था बिरुद्ध कानुनी उपचार खोज्न वाध्य समेत हुनेछौ भनिएको छ ‘। यसअघि केही अनलाइनहरुले आफैले छापेको समाचार गलत भएको स्वीकार गर्दै समाचार प्रोटलबाट हटाएका छन् ।

विज्ञप्तिको पूर्णपाठ